प्यूठान, ३० भदौ । सरकार र नेकपा बीच भएको ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपाको युवा संगठनले सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
तत्कालीन केपी शर्मा ओलि नेतृत्वको सरकार र नेकपा बीच २०७७ फागुन २१ गते ३ बुँदे सहमति भएको हो । तर त्यो सहमति हालसम्म कार्यान्वयन गर्न सरकार पक्षले ढिला गरेको भन्दै युवा संगठन नेपाल जिल्ला समिती प्यूठानले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानमा बुझाएको ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई दिइएको छ ।
संगठनले राखेका माग यस्ता छ्न ।
राजनैतिक आस्थाका आधारमा लगाइएका झुटा मुद्दाहरू तुरुन्त खारेज गरियोस् ।
राजनैतिक आस्थाका आधारमा बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निशर्त रिहाई गरियोस् ।
जनमत संग्रहका लागी उचित वातावरण तयार गरियोस् ।
