> स्थानीय सरकार > मल्लरानी गाउँपालिकाले गर्यो दोश्रो सार्बजनिक सुनुवाइ


मल्लरानी गाउँपालिकाले गर्यो दोश्रो सार्बजनिक सुनुवाइ

प्यूठान । मल्लरानी गाउँपालिकाले चालु अर्थिक वर्ष २०८०÷०८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्वर १ चुँजामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

 

 

कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवाल र लेखा अधिकृत कमानसिंह के.सी.ले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, वडा अध्यक्ष चिन्त बहादुर राहुँमगरले सहभागीबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो ।

 

 

कार्यक्रममा सहभागीहरुले खानेपानी समस्या र मोटरबाटो मुख्य समस्याको रुपमा उठाएका थिए । उनीहरुले जनप्रतिनिधिले विगतमा दिएको आश्वासन अझै पनि कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

 

 

कार्यक्रममा प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले जनताको समस्या, गुनासा सुन्न र बुझ्नका लागि पालिकाले चौमासिक रुपमा गर्ने सार्वजनिक सुनुवाई वडामा पुगेर गर्ने गरेको बताउनुभयो । उहाँले पालिका भित्रका कतिपय योजना अरु सरकारी कार्यालयबाट सञ्चालन भएको तर सम्पन्न नभएको हुँदा पालिकाले ती कार्यालयसँग समन्वय गरि अघि बढ्ने बताउनुभयो ।

 

 

उपाध्यक्ष श्रेष्ठले पालिकाका धेरै जसो भुगोलमा खानेपानीको समस्या विद्यमान रहेको भन्दै पालिकाले क्रमशः समाधान गर्दै जाने पालिकाको योजना रहेको बताउनुभयो । उहाँले खानेपानीको मुहान अभाव रहेको भन्दै नयाँ मुहान भएको ठाउँमा योजना बनाउन पालिका तयार रहेको समेत बताउनुभयो । पालिकाले गाउँपालिकाभित्र सञ्चालित लिफ्ट खानेपानीको विद्युत महशुल आधा व्यहोर्ने गरेको बताउनुभयो ।

 

 

कार्यक्रममा वडा नम्वर २ का वडा अध्यक्ष लेख बहादुर थापा, वडा नम्वर ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा, कार्यपालिका सदस्य, जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख, स्थानीयको सहभागिता थियो । कार्यक्रममा मल्लरानी मिडिया प्रालिका सञ्चालक सुजल श्रेष्ठले बर्हिगमन अभिमत पत्र र नागरिक प्रतिवेदन पत्रबाट प्राप्त सवालहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार बिजयसिंह भारतीले गर्नुभएको थियो । अघिल्लो चौमासिक सार्वजनिक सुनुवाई ५ नम्वर वडा कार्यालय खैरामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *