> राष्ट्रिय > प्यूठानका आरडीटी पोजेटिभ देखिएका ११ जनाको पिसिआर रिपोर्ट आयो


प्यूठानका आरडीटी पोजेटिभ देखिएका ११ जनाको पिसिआर रिपोर्ट आयो

प्यूठान, २ जेठ । आरडीटी पोजेटिभ आएका ११ जना व्यक्तिको पीसीआर रिर्पोट नेगेटिभ देखिएको छ ।

प्यूठानको मरन्ठाना स्थित विभिन्न क्वारेन्टाइनमा बसेका ११ जना व्यक्तिमा कोरोना संक्रमण नदेखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आरडीटी पोजेटिभ देखिएका ११ जना सहित २८ जनाको परीक्षण गरिएको हो । जसमध्ये १७ जनाको रिर्पोट यसअघि हिजो नेगेटिभ आएको थियो ।

जिल्लाका विभिन्न ठाउँबाट थप ९ जनाको स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *