> आर्थिक/बिकास > प्रदेश गौरवको योजनाको प्यूठान खण्डको मुख्यमन्त्री पोख्रेलबाट शिलान्यास


प्रदेश गौरवको योजनाको प्यूठान खण्डको मुख्यमन्त्री पोख्रेलबाट शिलान्यास

प्यूठान, १६ पुस । जिवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग अन्र्तगत प्यूठान खण्डको कालोपत्रे हुन लागेको पाँच किलोमिटर सकडको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आज शिलान्यास गर्नुभएको छ ।

उक्त सडक अन्र्तगत प्यूठान खण्डमा पर्ने दाखाक्वाडी– बर्जिवाङ– भिंगृ सडक खण्डको मुख्यमन्त्री पोख्रेलले शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको योजना अन्र्तगत (रामपुर–कपुरकोट सडक)लाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सडक निर्माणका लागि यस चालु आर्थिक वर्षमा १७ करोड रुपियाँ रकम विनियोजन गरेको हो ।

जसमध्ये गत जेठमा भ्याट सहित ११ करोड, ५६ लाख ८६ हजार १३ रुपियाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख इन्जिनियर नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । गौरा÷बंगलामुखी जेभीले दुई वर्षमा काम सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएको उहाँले बताउनुभयो ।

सडक कालोपत्रेको लागि काम शुरु भएपछि स्थानीय खुशी भएका छन् । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे सडक अब कालोपत्रे बन्न लागेकाले स्थानीय खुशी भएका हुन् ।

२०२८ सालमा उक्त सकड खुलेपनि कच्चि थियो । सडक नाली सहित १० मिटर चौडा सडक बन्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *