स्थानीय सरकारराजनीति

झिमरुक १ मा अध्यक्षमा धुर्ब्रराज खनाललाई दोहोराउने एमालेको निर्णय

दीपेन्द्र सुनार

प्युठान ।  झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनाल पुनः वडा अध्यक्षको लागि उम्मेदवार बन्नुभएकाे छ । नेकपा (एमाले) झिमरुक गाउँपालिका वार्ड न १ को वडा कमिटीले खनाललाई  वडा अध्यक्ष को उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा कमिटी अध्यक्ष लिला जि.सी.ले जानकारी दिनुभएको छ।

 

पाँच बर्षको अबधीमा गाउँपालिका भित्रका ८ वटा वार्डहरुमध्ये वार्ड १ लाई बिकासको गतिमा अब्बल दर्जामा ल्याउन वडा अध्यक्ष खनाल सफल भएकाले  पुन वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णाय गरिएको जि.सी.को भनाइ रहेको छ।

 

खनाल कक्षा ७ मा पढ्दा बि.स.२०४७ सालमा जनता मा.बि. बाट राजनीति यात्रा सुरु गर्दै २०४९ सालमा अनेरास्ववियु सिद्धार्थ मा.बि . अर्घाखाँची को प्राम्भारिक कमिटी सदस्य , २०५० सालमा पुन कमिटी को सचीव , २०५१ सालमा अनेरास्ववियु पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँची को सदस्य , २०५२ सालमा सोही कमिटी को सचीव हुनुका साथै क्षेत्रीय कमिटी कोषाध्यक्ष समेत हुनुभएकाे थियाे ।

 

करिब ८ बर्ष ने.क.पा. एमाले प्युठान जिल्ला कमिटी मा रहेर काम गर्नुभएका खनाल झिमरुक गाउँकमिटीको सचीव पदमा रहेर काम गरिरहनु भएकाे छ। पाँच बर्षसम्म वार्ड न.१ मा आफुले गरेको कामकाे मुल्यांकन गिर जनताले  आफूलाई  बिजयी बनाउने  खनालको भनाइ  छ।

Related Articles

Back to top button