> आर्थिक/बिकास > सामाजिक सुरक्षा भत्ता लिनेको भिड : बैंकले बनायो भौतिक दुरी


सामाजिक सुरक्षा भत्ता लिनेको भिड : बैंकले बनायो भौतिक दुरी

प्यूठान, २३ बैशाख ।
नौबहिनी गाउँपालिका अन्र्तगत सामाजिक सुरक्षा भत्ता लिनका लागि बाहाने स्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा मानिसहरुको भीड लाग्ने गरेको छ । तर बैंकले उक्त भीडलाई व्यवस्थित गरि भौतिक दुरी कायम गरेर रकम वितरण गर्दै आएको छ ।

सामाजिक दुरी कायम गर्दै बैंकले सामाजिक सुरक्षा भत्ता बापतको रकम दिँदै आएको छ, बैंकका शाखा प्रमुख सुवास भण्डारीले भन्नुभयो, कोरोनाको जोखिम कम गर्न बैंकले सावधानी अपनाएको छ । उहाँले पालिका अन्र्तगत ४, ५, ६, ७ र ८ वडाका लक्षित वर्गलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।

बैंकमा खाता खोलेका दुई हजार दुई सय जनालाई बैंकबाटै वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसबाहेक खाता खोलिनसकेकालाई घरमै पुगेर वितरण गरिएको शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!