> समाज > टंक बहादुर विष्ट स्मृति प्रतिष्ठानको पहिलो सामाजिक कार्य : सामुदायिक वनमा वृक्षरोपण


टंक बहादुर विष्ट स्मृति प्रतिष्ठानको पहिलो सामाजिक कार्य : सामुदायिक वनमा वृक्षरोपण

प्यूठान, २७ असार । टंक बहादुर विष्ट स्मृति प्रतिष्ठानले वृक्षरोपणबाट सामाजिक कार्यको शुरुवात गरेको छ ।

आज शनिबार प्यूठान नगरपालिका–२ स्थित घण्टीसापाटामा वृक्षरोपण गरेको हो । प्रतिष्ठानले पहिलो सामाजिक कार्य वृक्षरोपण गरेर शुरुवात गरेको प्रतिष्ठानका अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो ।

प्रतिष्ठानले राष्ट्रिय स्वाभिमानको रक्षा, सेवाको राजनीति, उच्च आदर्श प्रतिष्ठानको पहिचान, दिगो विकास र समृद्धिका लागि हाम्रो साझा अभियान भन्ने उदेश्य सहित आफ्ना गतिविधि अगाडी बढाउँदै लैजाने उहाँले बताउनुभयो ।

प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति, स्वर्गद्वमरी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्री, जिल्ला अदालत प्यूठानका न्यायाधीश विष्णु गौतम, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *