> स्थानीय सरकार > नगरसभा सञ्चालनको अभ्यास गर्दै युवा


नगरसभा सञ्चालनको अभ्यास गर्दै युवा

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका युवाले नमुना नगरसभा सञ्चालनको अभ्यास थालेका छन् । नगरभित्रका युवाहरु भेला भएर नमुना युवा नगरसभा सञ्चालनको अभ्यासमा जुटेका हुन् ।

नगरभित्र रहेका ९ वटा वडाका युवाहरुको सहभागितामा नमुना नगरसभा सञ्चालनका लागि अभ्यास थालिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनुभयो । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति प्युठानको समन्वयमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

जिल्ला युवा समिति प्यूठानका अध्यक्ष रामचन्द्र केसीले जिल्लाभित्रका स्थानीय तहमध्ये स्वर्गद्वारी नगरपालिकामा कार्यक्रम छनौट गरेको जानकारी दिनुभयो । युवाहरुको पहिचान र सशक्तिकरणका लागि उक्त कार्यक्रम गरिएको बताउनुभयो ।

चार दिनसम्म उक्त नमुना युवा नगरसभा चल्नेछ । यसबाट उत्कृष्ट २ जना सहभागी प्रदेश सभामा पुग्नेछन । त्यहाँ छनौट भएका सहभागी संघीय सभामा सहभागी हुनेछन् । कार्यक्रमका सहजकर्ता अशोक खनालले यो अभ्यासले युवाहरुलाई योजना माग गर्ने, ऐन कानुन निर्माण गर्ने क्रममा आफ्नो सहभागिता जनाउन सक्नेछन् ।

यो अभ्यास संघीय सरकारको शसर्त कार्यक्रम अन्र्तगत गरिएको हो । आगामी आर्थिक वर्षमा स्थानीय सरकार आफैले बजेट विनियोजन गरेर कार्यक्रम गर्नेछ । अर्को वर्ष अर्को स्थानीय तहमा कार्यक्रम गर्ने गरि देशभर यो अभ्यास थालिएको सहजकर्ता खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *