प्यूठान। नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि मल्लरानी गाउँपालिका स्तरिय अभिमुखिकरण आइतबार सम्पन्न भएकोछ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेबिका लगायतको उपस्थित रहेको थियो ।
`समयमै नसर्ने जांच गराऔ, स्वस्थ र दिर्घ जिवन बांचौ´ भन्ने मुल नाराका साथ स्वास्थ्य संस्था मार्फत रोग पड्ताल गर्ने जनस्वास्थ्य निरीक्षक राजु खड्काले जानकारी दिनुभयो । मधुमेह, क्यान्सर, प्रेसर जस्ता रोगहरु दिनानुदिन बढ्दै गएकाले सरकारले अभियानका रुपमा जाँच शुरु गरेको उहाँले बताउनुभयो । हाम्रो दैनिक जिवनशैलिका कारण यस्ता रोग लाग्ने गरेकोले यसलाई लाइफ स्टाइल डिजिज पनि भनिन्छ ।
गाउँपालिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले गर्नुभएको थियो ।
