समाज

मोटरसाइकल दुर्घटनामा हुँदा आँखा उपचार केन्द्र ठुलाबेशीमा कार्यरत हेमराजको मृत्यु

प्यूठान । गएराती भएको मोटरसाइकल दुर्घटनामा प्यूठानमा एक युवकको मृत्यु भएको छ । आँखा उपचार केन्द्र गौमुखी गाउँपालिका ठुलाबेशीमा कार्यरत २५ वर्षिय हेमराज राना मगरको मृत्यु भएको हो ।

ठुलाबेशीबाट अर्खा अर्तुवाङ घर जाँदै गर्दा दुर्घटना हुँदा घटस्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । लु ५६ प १५७६ नम्बरको मोटरसाइकल गएराती दुर्घटना भएपनि बिहान मात्र स्थानीय देखे पछि प्रहरीलाई खबर गरेका हुन ।

स्थानीय प्रहरीले घटस्थललाई सुरक्षित राखेको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी टोलि खटाइएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो ।

Related Articles

Back to top button