> राष्ट्रिय > प्यूठानमा कोरोनाबाट बच्न सर्तकर्ता थालियो


प्यूठानमा कोरोनाबाट बच्न सर्तकर्ता थालियो

सृजना सेन
प्यूठान, ५ चैत ।
कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि जिल्लामा सर्तकर्ता थालिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्ला अस्पताल विजुवारमा आइसोलुसन कक्ष निर्माण गर्ने जिल्ला अस्पताल विजुवारका डा. अमृत पन्थीले बताउनुभयो । छिट्टै दुई बेडको आइसोलुसन कक्ष निर्माण गरिने बताउनुभयो ।
पत्रकारसँग गरिएको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य प्रमुख विशाल सुवेदीले हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । सञ्चार माध्यम र पत्रकारले सही सूचना प्रवाह गर्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट त्रसित बनाउने काम भइरहेको उहाँको भनाई छ । जिल्लामा ६ महिनाका लागि पुग्ने औषधी स्टक रहेको समेत उहाँले बताउनुभयो ।
नेपालमा अहिलेसम्म चार सय ९६ जनालाई जाँच गरेकोमा एक जनालाई मात्र संक्रमण भेटिएको छ, उहाँले भन्नुभयो, डराइहाल्नुपर्ने अवस्था छैन, सर्तकर्ता अपनाउनु चाहिँ आवश्यक छ । पाँच नम्वर प्रदेशले क्वारेन्टाइन भवन निर्माण गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । ल्याव समेत स्थापनाको तयारी भएको उहाँको भनाई छ ।
अन्तर जिल्लानाकामा हेल्थ डेक्स
प्रमुख सुवेदीका अनुसार अन्तर जिल्ला जोड्ने नाकामा हेल्थ डेक्स राख्ने तयारी भएको बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा प्यूठान जिल्ला सँग सिमा जोडिएका नाकामा हेल्थ डेक्स राख्ने उहाँको भनाई छ ।
ऐरावतीका व्यक्ति आइसोलुसन
ऐरावती गाउँपालिका–२ मा भेटिएका विरामी बुटवलमा आइसोलुसन कक्षमा रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको ल्याव टेष्टका लागि काठमाण्डौ लगिएको समेत उहाँले जानकारी दिनुभयो । विरामी व्यक्ति सहित ६ जना बुटवल गएकोमा हेरचाहका लागि श्रीमति सँगै रहेकी छिन् । बाँकी चार जना घर फर्किएका छन् । श्रीमति श्रीमानको हेरचाहका लागि बस्नुभएको हो, उहाँले भन्नुभयो ।

यसैबीच, पत्रकार जोगिन्द्र मल्लाका अनुसार गौमुखी गाउँपालिका प्युठानले नोबेल कोरोना भाइरसको संक्रमण तथा अन्य प्रकोप जन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । कोरोना भाइरस भनेको के हो, रोग सर्ने माध्यम ,लक्ष्यण, बच्ने उपाय, रोग लाग्दा गर्न हुने र गर्न नहुने र बिपद ब्यबस्थापन न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले ठुला जनमासका कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ । उहाँले जोखिमबाट बच्न सतर्कता अपनाउन गाउँपालिकाका सर्वसाधारण र जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *