प्यूठान, ४ साउन । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।
गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाई छ । उहाँका अनुसार ट्याक्टरमा सवार १ जना बाचेका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।
अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताउनभयो ।
