> समाज > ५ वटा पालिकाले मात्र मनाए अन्तरास्ट्रिय अपांगता दिवस


५ वटा पालिकाले मात्र मनाए अन्तरास्ट्रिय अपांगता दिवस

प्युठान । जिल्लाका ५ वटा स्थानीय तहले बिबिध कार्यक्रम गरि अन्तरास्ट्रिय अपांगता दिवस मनाएका छन ।

 

सरुमारानी गाउँपालिका, गौमुखि गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउँपालिकाले दिवस मनाएका हुन ।

 

गौमुखी गाउँपालिकाले राष्ट्रिय अपांग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीलाई सम्मान गरेको छ । अपांगताको क्षेत्रमा खेलेको भूमिकाको कदर गर्दै केसीलाई सम्मान गरिएको पालिकाले जनाएको छ ।

 

दिवसको अवसरमा अन्तरक्रिया, सहायक सामाग्री वितरण, सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *