प्यूठान । नेपाली काङ्ग्रेसका नेता अमर प्रसाद भण्डारीले पाँच दलिय गठवन्धनले प्यूठानमा निर्वाचन जीति सकेको बताउनु भएको छ । गठबन्धन दलले विहिवार नौबहीनी गाउँपालिका ६ लुङ्ग मा आयोजना गरेको चुनावी सभाला सम्वोधन गर्दै भण्डारीले औपचारीक प्रक्रियाका लागि मात्रै मंसिर चार पर्खनु पर्ने अवस्था रहेको बताउनुभयो ।
यो चुनाव प्रतिगमन र अग्रगमनको लडा भएकोले देशभर प्रतिगामी एमालेको पराजय र अग्रामी शक्ति पाँच दलिय गठबन्धनको विजय सुनिश्ची रहेको उहाँको भनाई थियो । “यसै पनि हामी चुनाव जीति रहेका छौ । फेरी यहाँहरुलाइ लाग्ला चुनावमा यति धेरै मत छ किन गाउँगाउँ डुलेको ? हामी जीतको खुसी बाढ्न हिडेको हो”,उहाँले भन्नुभयो ।
राजावादी शक्तिहरुको साँठगाँठमा एमाले चुनावी अभियानमा रहेकोले पनि एमाले प्रतिगामी शक्ति भएको उहाँको आरोप छ । चुनाव छिमेकीका कारणले गर्ने नभएर विचारलाइ जोगाउन र गलत प्रवृत्तिलाइ परास्त गर्न हुने भएकोले आफन्तवाट माथी उठ्दै मतदान गर्न मतदातालाइ आग्रह गर्नुभयो । नेता भण्डारीको नाम प्रतिनिधि सभाको लागि नाम सिफारिस भएको थियो ।
