> राष्ट्रिय > प्यूठान नगरपालिकाका स्थानीयलाई राहतको सट्टा करको भार


प्यूठान नगरपालिकाका स्थानीयलाई राहतको सट्टा करको भार

प्यूठान । प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षमा करको दर बढाएको नगरवासीको गुनासो छ । नयाँ जनप्रतिनिधिले नगरवासीलाई राहतको सट्टा करको भार थपिदिएको भन्दै नगरवासीको गुनासोलाई सम्वोधन गर्न नेकपा एमाले प्यूठान नगरकमिटीले माग गरेको छ ।

 


आज नगरप्रवक्ता सुमन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त विषयमा नगरपालिका गम्भीर भएर निणर्य सच्याउने अपेक्षा लिइएको नगर कमिटीका उपाध्यक्ष धुर्व जिसीले बताउनुभयो । उक्त विषयलाई वेवास्ता गरेमा थप संघर्षका कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रवक्ता श्रेष्ठले करको विषमा नगरपालिकाले आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *