प्यूठान, १९ पुस । लुम्बिनी प्रदेश सभाका सांसद कृष्णध्वज खड्काले प्रदेश सभा रहने÷नरहने त्रास बढेको बताउनुभएको छ ।
आईतबार जिल्ला समन्वय समिति प्यूठानमा तेश्रो जिल्ला सभाको उद्घाटन गर्दै उहाँले प्रतिनिधि सभा विघटन गरेको सरकारले प्रदेश सभा पनि विघटन गर्ने खतरा बढेको उल्लेख गर्नुभयो ।
‘सर्वाेच्च निकाय प्रतिनिधि सभा विघटनले प्रदेश के हुने भन्ने त्रास छ ।’ ,उहाँले भन्नुभयो, ‘मुलुक ठूलो घटना तर्फ जाँदैछ ।’ नेपालको संविधान २०७२ ले समाजवादी राज्य व्यवस्था निर्माण गर्ने लक्ष्य लिएको भए पनि प्रतिनिधि सभा विघटनले प्राप्त सवै उपलब्धी गुम्ने खतरा बढेको उहाँको भनाई थियो ।
७० वर्षदेखिको जनआन्दोलनले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पु¥याउँदा समेत स्थिर सरकार गठन हुन नसक्ने दुखद् भएको उहाँले उल्लेख गर्नुभयो । ‘राजनीतिक संघर्ष जनताद्धारा निर्मित संविधानले सकियो, अव समृद्धिको दिशामा मुलक अघि बढ्ने जनआकांक्षामा दुर्घटना निम्तिएको छ ।’ ,उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तारा जि.सी.ले ११६ वटा कानुन निर्माण गर्नुपर्नेमा अहिलेसम्म ४९ वटा कानुन निर्माण भएको बताउनुभयो । प्रदेश सभा कानुन निर्माण कार्यलाई छिट्टै पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रयाप्त कानुनी अधिकार नुहँदा कार्य सम्पादनमा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताउनुभयो । संविधानमा समितिको अधिकार बारेको कानुन प्रदेश सभाले बनाउने भएकाले प्रयाप्त कानुन नबनेको गुनासो गर्नुभयो । सिमित श्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्यूठान जिल्लाको सुर्वाङगीण र सन्तुलित विकको लागि संघ प्रदेश र स्थानीय तह वीच पुलको रुपमा काम गर्न गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमा पुर्व जिविस सभापति बोमबहादुर खत्री, नेपाली कांग्रेस प्यूठान सचिव देवेन्द्र बर्मा, समाजवादी जनता पार्टीका श्याम गहतराज, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
