> समाज > प्यूठान क्याम्पसमा पूर्व क्याम्पस प्रमुखबाट अक्षयकोष स्थापना


प्यूठान क्याम्पसमा पूर्व क्याम्पस प्रमुखबाट अक्षयकोष स्थापना

प्यूठान । प्यूठान क्याम्पस खलंगा प्यूठानमा पूर्व क्याम्पस प्रमुख अष्ट कुमार श्रेष्ठले अक्षयकोष स्थापना गर्नुभएको छ ।

 

श्रेष्ठ दम्पत्तीको नाममा ‘अष्टकुमार जयन्ती छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो । अक्षयकोषको रकम एक लाख एक सय रुपियाँ रहेको छ ।

तस्विर : अक्षयकोष रकम हस्तान्तरण गर्दै

अक्षयकोषको रकम श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवराज श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उक्त कोषबाट वार्षिक रुपमा क्याम्पसमा पढ्ने असहाय, गरिव परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरनेछ ।

तस्विर : अक्षयकोष स्थापना गर्ने श्रेष्ठ दम्पती

खलंगा सराकोर समुहले श्रेष्ठ दम्पत्तीले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेको छ । सामाजिक कार्यका लागि सरोकार समुहले सवैलाई प्रेरित गर्न अभियान गर्दै आएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले बताउनुभयो । खलंगा सरोकार समहुले विभिन्न सामाजिक अभियानमा पहलकदमी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *