प्यूठान, २६ मंसिर । नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लिको लुप्लुङमा एक युवक मृत भेटिएका छन ।
प्यूठान नगरपालिका वडा नम्बर ८ का मोहन बहादुर महतरा मृत भेटिएको इलाका प्रहरी कार्यालय बहानेका प्रमुख भानुभक्त अर्यालले जानकारी दिनुभयो ।
मेलामा युवा समुहबीच झगडा भएको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लुप्लुङ्गमा धनन्जय गोत्रिय भण्डारी बन्धुहरुको देवाली चलिरहेको थियो ।
