सृजना सेन
प्यूठान, २३ चैत्र ।
कैलाली तथा कञ्चनपुरका कोरोना भाइरस संक्रमितसँगै नेपाल प्रवेश गरेको प्यूठानका तीनै जना सम्पर्कमा आएका छन् । मल्लरानी गाउँपालिका १, ऐरावति गाउँपालिका ५ र माण्डवी गाउँपालिका ४ का तीन जना सम्पर्कमा आएका हुन् ।
तीनै जना पुरुष रहेको र स्वास्थ्य स्थिति सामान्य रहेको स्वस्थ्य शाखा प्रमुखहरुले जानकारी दिएका छन् ।
माण्डवी गाउँपालिकाले जस्पुरमा निर्माण गरेको क्वारेन्टाइनमा राख्ने स्वास्थ्य साखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै ऐरावती गाउँपालिकाले परिवार सहित महेन्द्र माध्यमिक बिद्यालय सरङबेसिमा राख्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिकाको भने कहाँ राख्ने भनेर निर्णय नभइसकेको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।
