> राष्ट्रिय > थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार नाघ्यो


थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार नाघ्यो

प्यूठान । नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जना नया कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये २९२ पुरुष र ३१ महिला रहेका छन् । हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमित फैलिसकेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमित ४०८५ पुगेको छ जसमध्ये ५८४ निको भएर अस्पतालवाट डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *