राष्ट्रियसमाज

गुल्मीमा पहिरोमा पुरिएर प्युठानका एक युवकको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा परी प्युठानका एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमाथिबाट पहिरो खस्दा प्युठानको गौमुखी गाउँपालिका –३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

 

 

यस्तै, पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान गौमुखी गाउँपालिका –३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

 

शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

 

घाइतेलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Related Articles

Back to top button