राष्ट्रिय

नेपालगन्जमा थप एक जना कोरोना संक्रमित

प्यूठान, २६ वैशाख । नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया व्रिफिंगबाट जानकारी दिनुभएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। जसमध्ये ७४ पुरुष र २८ जना महिला रहेका छन्।

प्रदेश १ बाट ८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १ महिलासहित ८ जना पुरुष हुन्।

नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुगेको छ।

Related Articles

Back to top button