> समाज > प्यूठानमा दलित मुक्ति अभियानमा नयाँ नेतृत्व


प्यूठानमा दलित मुक्ति अभियानमा नयाँ नेतृत्व

कमल वि.क.
प्यूठान । नेपाल दलित मुक्ति अभियान प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न जिल्ला भेलाले प्रविन वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्ष दिपा नेपाली, विजय नेपाली, सचिव धुर्व गन्र्दभ, सह-सचिव मोहन परियार, कोषाध्यक्ष पार्वता नेपाली लगायत ३१ सदस्यीय समिति चयन भएको छ ।

 

त्यसैगरि पार्वता नेपालीको अध्यक्षतामा महिला विभाग गठन गरिएको छ । जसको उपाध्यक्ष रेखा नेपाली, सचिव दिपा नेपाली, सह-सचिव सस्मिता नेपाली लगायत १६ सदस्यीय समिति गठन गरिएको छ ।

निर्वाचन प्रणाली दलित हितमा छैन : प्रमुख अतिथी
नेपाल दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी सुनिल लोहनीले देशको निर्वाचन प्रणाली दलितको हितमा नभएको बताउनुभयो । उहाँले राजनीति तथा सरकारमा दलितको नेतृत्व भएमा दलितका समस्या सम्वोधन हुनसक्ने बताउनुभयो ।
उहाँले नेपाल दलित मुक्ति अभियानलाई सफल बनाउन सवैलाई आग्रह गर्नुभयो । गौरी विकको अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष सुनिल लोहनी विकको प्रमुख आतिथ्यता रहेको थियो ।

 

भेलामा केन्द्रीय सह-सचिव लिला वि.क., महिला विभाग प्रमुख लक्ष्मी वि.क., महिला विभाग सह-सचिव लक्ष्मी घमाल, विशेष विभाग प्रमुख हरि गोतामे, लुम्विनी प्रदेश उपाध्यक्ष निमनारायण हरिजन, लुम्विनी प्रदेश सचिव शमशेर नेपाली, दाङ जिल्ला उपाध्यक्ष विमला गन्र्दभ लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *