> राष्ट्रिय > प्युठानमा प्रदेश स्तरीय हाप्किडो प्रशिक्षण


प्युठानमा प्रदेश स्तरीय हाप्किडो प्रशिक्षण

प्यूठान। प्युठानमा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सूरु भएको छ ।

जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आट्र्स हाप्किडो संघ लुम्बिनी प्रदेशको समन्वयमा प्यूठानको पुण्यखोला कवर्डहलमा आजबाट ३ दिने हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको जिल्ला हाप्किडो संघका अध्यक्ष टेकराज के.सीले जानकारी दिनुभयाे ।

यहि फागुन १९, २० र २१ गते माण्डवी गाउँपालिकामा हुन लागेको लुम्विनी प्र्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिपको लक्षित गर्दै उक्त सेमिनारको आयोजना गरिएको उहाँले बताउनुभयाे ।

 

उक्त सेमिनारलाई काली बहादुर घर्तिमगर, भुवन बुढा मगर र प्रविण गुरुङले प्रशिक्षण दिनुहुनेछ । सेमिनारमा लुम्विनी प्रदेशका १८० खेलाडीहरुले सहभागिता जनाएका छन् । सेमिनार फागुन २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *