> आर्थिक/बिकास > प्यूठानमा नेकपाका कार्यकर्ता ‘कृषि क्रान्तिमा’


प्यूठानमा नेकपाका कार्यकर्ता ‘कृषि क्रान्तिमा’

प्यूठान, २४ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति प्यूठानले अहिले कृषि खेतीको गतिविधि अगाडी बढाएको छ ।

 

विप्लपका कार्यकर्ता ‘कृषि क्रान्ति’मा लागेका छन् । जिल्ला समितिको २८ औं बैठकले जिल्लामा कृषि खेती तथा माछापालन गर्ने निर्णय गरेसँगै कार्यकर्ता त्यसतर्फ लागेका हुन् ।

 


पार्टीको निर्णय अनुसार कागती खेती, सुन्तला खेती, तरकारी खेती र माछापालन व्यवसाय अगाडी बढाउन थालेको जिल्ला सदस्य हरि बस्नेतले बताउनुभयो । माण्डवी गाउँपालिका वडा नम्वर ४ उदयपुरकोटमा कागती र सुन्तलाका करीव सात साय बोट रोपिएको उहाँले जानकारी दिनुभयो ।

 


खेर गएको बाझो जग्गा भाडामा लिएर विरुवा रोपिएको छ । प्यूठान नगरपालिका वडा नम्वर ४ मा माछापालन सहित तरकारी खेती गर्ने तयारी रहेको बस्नेतले जानकारी दिनुभयो ।

 

यो अभियानले पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन्ुको साथै सामुहित उत्पादनको अभ्यास हुने पार्टीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *