प्यूठान । प्यूठान नगरपालिका वडा नं. ५ का वडा सदस्य चित्र बहादुर घर्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएका घर्ति माओवादीको भेलामा पार्टी प्रवेश गर्नुभएको हो ।
पार्टी प्रवेशको विषयमा प्रतिक्रिया लिन घर्तिलाई प्यूठान समाचारले सम्पर्क गरेपनि उहाँको मोवाईलमा सम्पर्क हुन सकेन् ।
