प्यूठान, ४ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।
आइतवार साझ थप ३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको हो ।
आज साझ धनकुटाका १ जना र विराटनगरका २ जना गरि ३ जना नया संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ जसमध्ये कोरोनावाट आइतवार थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या २ पुगेको हो । भने ३६ जना सन्चो भएर घर फर्किएका छन् ।
आइतवार विहान मात्रै १० जना कोरोना संक्रमित भेटिएका थिए ।






