प्यूठान, १० कात्तिक । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाएर मनाइँदै छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षाेल्लासका साथ मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र आर्शिवाद थाप्ने प्रचलन पनि छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउनु पर्नेछ ।