> समाज > प्यूठानमा जुवा खेलिरहेका १० जना १ लाख ६८ हजार ४० रुपैँया नगदसहित पक्राउ


प्यूठानमा जुवा खेलिरहेका १० जना १ लाख ६८ हजार ४० रुपैँया नगदसहित पक्राउ

प्यूठान, १८ कात्तिक  । प्यूठानमा जुवा खेलिरहेका १० जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ ।

सोमवार राती माण्डवी गाउँपालिका ३ लामाचौरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पक्राउ परेकाको साथबाट १ लाख ६८ हजार ४० रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिनुभयो । उनिहरुलाई पक्राउ गरी ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *