> राष्ट्रिय > भिटामिन ए कार्यक्रम स्थगित


भिटामिन ए कार्यक्रम स्थगित

प्यूठान, २३ चैत ।
सरकारले भिटामिन एक खुवाउने कार्यक्रम स्थगित गरेको छ । आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण कार्यक्रम स्थगन गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिभर कोरोना संक्रमण विरुद्धका गतिविधि बाहेक अन्य गतिविधि नगर्न समेत मन्त्रालयले सम्वन्धित निकायमा निर्देशन दिएको छ ।
सरकारले वर्षेनी दुई पटक बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कात्तिक २ र ३ गते पहिलो चरणमा र दोस्रो चरणमा बैशाख ६ र ७ गते जन्मेको एक वर्षदेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ए खुवाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *