> समाज > गाउँमै मावि सञ्चालन गर्न चन्दा उठाउँदै अभिभावक


गाउँमै मावि सञ्चालन गर्न चन्दा उठाउँदै अभिभावक

प्यूठान । गौमुखी गाउँपालिका-५ खुङमा रहेको जनसहयोगी आधारभुत विद्यालयको कक्षा आठमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई कक्षा नौ पढ्नका लागि गाउँमा मावि विद्यालय छै्रन । थप पढाईका लागि गाउँदेखि टाढा जानुपर्छ ।

 

“यहाँ मावि विद्यालय नहुँदा टाढा जानुपर्ने बाध्यता छ,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणध्वज मल्लले भन्नुभयो, “ठुलावेशी, नारीकोट, अग्लुङमा रहेको विद्यालयमा पढ्न जान्छन् ।” २०१७ सालमा स्थापना भएको विद्यालय अहिले आधारभुत तहसम्म अध्ययन हुन्छ ।

गौमुखी गाउँपालिकासँग विद्यालयका लागि भवन, विषय शिक्षक, खेलमैदान र शौचालय माग गर्दै

मावि तहको पढाईका लागि गाउँका बालबालिकालाई समस्या भएको भन्दै गाउँका अभिभावक विद्यालयलाई मावि तहको बनाउन जुटेका छन् । जसका लागी स्थानीयले अहिले चन्दा रकम उठान थालेका छन् ।

 

“विद्यालयलाई मावि बनाउन समिति बनाएर अघि बढेका छौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्लले भन्नुभयो, “गाउँका सवै स्थानीय र अभिभावकको साथ रहेको छं ।” गाउँका सवैजना यस अभियानमा लागेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

गौमुखी गाउँपालिकासँग विद्यालयका लागि भवन, विषय शिक्षक, खेलमैदान र शौचालय माग गर्दै

माध्यमित तहको स्विकृती अझै विद्यालयले पाइसकेको छैन । त्यसका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताउनुभयो । आगामी शैक्षिक शत्रबाट सञ्चालन गर्ने गरि आर्थिक सहयोग सङ्कलनको काम गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *