समाज

वैधानिक नभएको भन्दै स्वर्गद्वारी क्याम्पस सञ्चालक समितिका सदस्यहरुको आपत्ति

प्यूठान । मंसिर २३ गते भएको स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२ औं साधारण सभा तथा १४ औं क्याम्पस सभा अवैधानिक भएको भन्दै सञ्चालक सदस्यहरुले असहमति जनाएका छन् ।

 

सदस्यहरु नेहरसिंह केसी, पार्वता आचार्य, डिलबहादुर थापा र धना कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै विधान विपरित कार्यसमिति निर्वाचित गरिएको भन्दै आपत्ति प्रकट गर्नुभएको हो । पटक पटक छलफल गर्दा पनि विधान संशोधनका प्रस्तावहरुमा एकलौटी गरेको, सूचना चुहावट गरि स्ववियु निर्वाचन विवादमा पारि हालसम्म गर्न नसेको, सभासद् नै नरहेका व्यक्तिहरुलाई संचालक समितिमा निर्वाचित गरिएको उनीहरुले आरोप लगाएका छन् ।

 

आपत्ति प्रकट गर्दै जारी गरिएको विज्ञप्ती भनिएको छ, ‘सभाको गणपुरक सदस्य समेत नपुगेकोले साधारण सभा कुनै पनि मानेमा वैंधानिक हुन सक्दैन भन्ने हाम्रो ठहर गर्दै, विधान विपरित निर्वाचित गरिएको कार्यसमितिमा हामी नरहने कुरा यहि विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।’

Related Articles

Back to top button