प्यूठान । सरुमारानी गाउँपालिकाले आफ्नो पालिका भित्रका पूर्व जनप्रतिनिधिलाई सम्झेको छ । स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएका पालिका भित्रका पूर्व जनप्रतिनिधिलाई सम्झिदै सम्मान गरेको हो ।
सरुमारानी गाउँपालिकाको दशौ गाउसभामा संबिधान सभा सदस्य, साविकको बाङ्गेसाल, हंसपुर, ढुंगेगढी, तिरामको ५-९ तथा धुवाङको ८-९ बाट २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा निर्वाचित सम्पुणर् पुर्व जनप्रतिनिधिलाई सम्मान गरिएको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनुभयो ।
यसअघि गाउँसभाको उद्घाटनको अवसरमा जग्गादातालाई सम्मान गरिएको थियो । वडा तथा स्वास्थ्यचौकी भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराउने ११ जना जग्गादातालाई सम्मान गरेको हो ।
गाउँसभाले अघिल्लो आर्थिक वर्षमा खर्च नभई बचेको ८४ लाख रुपियाँ कार्यपालिकाको बैठकले गरेको बाँडफाँड तथा कार्यपालिकाको बैठकले विभिन्न समयमा गरेका रकमान्तरलाई अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी २० लाख रुपियाँ बराबरको बजेट संसोधन गरेको छ ।
विद्युतिकरणबाट बन्चित विपन्न परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर, तार लगाएतका सामाग्री उपलब्ध गराउने, कोभिड बाट मुत्यु भएका सरुमारानी गाउँपालिकाका १४ जना व्यक्तिका परिवारलाई प्रति परिवार ३५ हजारका दरले कोभिड राहत उपलब्ध गराउने, सरुमारानी गाउँपालिकाको बड्डाँडा र दर्भान बजारमा फ्रि वाईफाई(इन्टरनेट) सेवा सुचारु गर्ने गाउँसभाले निणर्य गरेको छ ।
गाउँसभा माघ ४ गते शुरु भएको थियो । गाउँसभाले ५ वटा विधेयक समेत पारित गरेको छ । स्वास्थ्य सेवा विधेयक २०७८ एफ एम रेडियो व्यवस्थापन तथा संचालन गर्न बनेको विधेयक २०७८ स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक २०७८ खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको हो ।
