प्यूठान । प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नं. ५ पाखुट्टे निवासी अन्दाजी ४६ वर्षीय गोर बहादुर कामीको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिनुभयो ।
अध्यक्ष भण्डारीका अनुसार बुधबार साँझ करीव ६ बजे समान किन्न बजार गएको बेला बाटोमा चट्याङले लागेको हो ।
