> Banner > प्यूठानमा जेसीबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु


प्यूठानमा जेसीबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु

प्यूठान, २८ माघ । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका -३ मुनडाडाकी २२ वर्षिय माधवी सुनारको ढुङगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । रा १ क ७३३ नम्वरको जेसिबीले बाटो सफा गर्ने क्रममा आज बिहान १०ः३० बजेको समयमा ढुङगा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।

 

मृतकको शवलाई पोस्ट्मार्ट्मका लागि प्यूठान अस्पताल विजुवारमा पठाईएको छ ।जेसिबी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *