> राष्ट्रिय > आवास गृहले अपाङ्गता बालबालिको पढाई निरन्तर


आवास गृहले अपाङ्गता बालबालिको पढाई निरन्तर

प्यूठान । मल्लरानी गाउँपालिका–१ थामकी जवुना पौडेल अहिले कक्षा १० मा पढ्नुहुन्छ ।

 

शारिरीक अपाङ्गता भएकी जवुनालाई घरबाट विद्यालय जान टाढा थियो । खुट्टाले टाढासम्म हिड्न नसक्ने भएपछि कक्षा पाँच पास भएपछि घरमै बस्नुपर्ने अवस्था थियो । आयस्तर कमजोर समेत भएकाले विद्यालय छाड्नुपर्ने अवस्था सृजना भएको बेला अपाङ्गता आवास गृहबारे थाहा पाएर सदरमुकाम आएपछि अहिले जवुना कक्षा १० मा पढ्दै हुनुहुन्छ ।

 

त्यस्तै, माण्डवी गाउँपालिका–२ रातापानीका रामु विक. अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । विकको घुडादेखि तलको खुट्टा छैन । हातले टेकेर हिड्नुपर्छ । घरमा विद्यालय जान समस्या भएपछि पाँच पास गरेपछि पढाई रोकिने अवस्था थियो । सदरमुकाम खलंगामा अपाङ्गता परिचयपत्र बनाउ आउँदा आवस गृहबारे थाहा पाएपछि ६ कक्षादेखि आवास गृहमै बसेर पढ्दै आउनुभएको छ । विकको पढेर शिक्षक बन्ने उदेश्य छ ।

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले सात वर्षअघि आवास गृह स्थापना भएको हो । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले सञ्चालन गरेको अवास गृहमा शारीरिक अपाङ्गता भएका बालबालिका बस्ने गर्दछन् ।

 

“घरदेखि विद्यालय टाढा भएका जिल्लाका विभिन्न ठाउँका बालबालिकाहरु आवास गृहमा बसेर अध्ययन गर्छन,” अध्यक्ष जुमानसिंह केसीले भन्नुभयो,“यो वर्ष १० जना बालबालिका आवास गृहमा बसेर पढिरहेका छन् ।” आवास गृहका बालबालिका नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्दछन् ।

 

आवास गृहलाई विभिन्न निकायको सहयोग
आवास गृहमा बस्ने बालबालिकालाई सुत्नका लागि आवश्यक पर्ने खाट हालै सदरमुकाम खलंगा निवासी गोपालप्रसाद नकर्मीले उपलब्ध गराउनुभएको छ । बालबालिकाको सहज व्यवस्थापनका लागि नकर्मीले ५ वटा खाट आवास गृहलाई उपलब्ध गराउनुभएको हो ।

नकर्मीले गरेको सामाजिक कार्य उत्कृष्ट भएको खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठ बताउनुहुन्छ । समाजका लागि सक्दो योगदान गर्नका लागि समुहले पहल गर्दै आएको उहाँले बताउनुभयो ।

 

बालबालिकाको लागि सरकारले अपाङ्गता बालबालिका शिक्षा छात्रवृत्ति उपलब्ध गराउने गरेको अध्यक्ष केसीले बताउनुभयो । त्यो बाहेक जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, व्यक्तिले समेत सहयोग गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो । मावि तहसम्मको अध्ययन आवास गृहमा बसेर गर्न सकिने व्यवस्था गरिएको संघका अध्यक्ष केसीले बताउनुभयो ।

 

बालबालिकालाई व्यवस्थित रुपमा बस्नका लागि सदरमुकाम खलंगाकै स्थानीय गोपाल नकर्मीले पाँच वटा खाट उपलब्ध गराउनुभएको छ । आवास गृहका बालबालिकालाई व्यवस्थित रुपमा सुत्नका लागि नयाँ खाट सहयोग गरेको उहाँले बताउनुभयो ।

 

आवास गृहका बालबालिकालाई विभिन्न निकाय, व्यक्तिले विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् । अपाङ्गता भएका बालबालिका विद्यालय पढ्नबाट बञ्चित नगराउन दिगो र व्यवस्थित योजना बनाउन सवै निकाययको आवश्यक रहेको अध्यक्ष केसीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *