> राजनीति > यसरी हुँदैछ एमाले प्यूठानको अधिवेशन


यसरी हुँदैछ एमाले प्यूठानको अधिवेशन

प्यूठान । नेकपा एमाले प्यूठान यतिवेला अधिवेशनको दौडधुपमा छ । अधिवेशन वडा तहबाट शुरु हुन थालेको छ ।

जिल्लाको ६४ वटै वडामा कात्तिक ६ गते अधिवेशन हुँदैछ । जिल्लामा मात्र नभएर देशभरका वडामा एकै पटक अधिवेशन हुन लागेको हो ।

 

त्यसको तयारी स्वरुप जिल्ला कमिटी प्यूठानले अध्यक्ष मण्डलको अध्यक्ष, निर्वाचन अधिकृत तोकेको छ । साथै पालिका भित्रका सवै वडाको रेखदेख तथा व्यवस्थापनका लागि समेत जिम्मेवारी दिएको छ ।

 

वडा अधिवेशनबाट वडा कमिटी गठनसँगै पालिका अधिवेशनका लागि प्रतिनिधी समेत छनौट हुने छन् । २५ जनासम्म संगठित सदस्य भएको वडामा ५ जना प्रतिनिधि चयन गर्ने मापदण्ड तय गरिएको छ ।

 

 

२५ जनाभन्दा बढी संगठित सदस्य रहेको वडामा थप ५ जना सदस्य बराबर १ जना थप प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

 

 

पालिका अधिवेशन कात्तिक ९ गते हुँदैछ । एमाले प्यूठानको करीव ५ हजार संगठित सदस्य रहेको एमाले प्यूठानले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *