> Banner > प्युठानमा न्यु मिडिया तथा विकास पत्रकारिता तालिम सुरु


प्युठानमा न्यु मिडिया तथा विकास पत्रकारिता तालिम सुरु

प्युठान, ६ चैत्र । प्युठानमा न्यु मिडिया तथा विकास पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासघ जिल्ला शाखा प्युठानको आयोजना तथा प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठान नगरपालिका 1 खैरा स्थित फुलवारी सभाहलमा उत्त तालिम सुरु भएको पत्रकार महासघ प्युठानका सचीव बिजय सिंह भारतीले जानकारी दिनुभयो ।

फुलवारी सभाहल खैरामा आज एक कार्यक्रमका विच प्युठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतिले तालिमको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर कक्षपतिले सबैलाई तालिम अनुशासन पुर्वक लिन आग्रह गर्नुभयो ।
तालिममा करिव 40 जना पत्रकारहरुको सहभागीता रहेको सचिव भारतिले बताउनुभयो ।

तालिम आज र भोलि गरी 2 दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *