> समाज > कोरोना विरुद्धको भेरोसिल खोप लगाइदै ः उमेर समुहमा संशोधन


कोरोना विरुद्धको भेरोसिल खोप लगाइदै ः उमेर समुहमा संशोधन

प्यूठान, जेठ २४ गते । जिल्लाका जेष्ठ नागरिक(६२-६४ वर्ष उमेर समुह) लाई कोरोना विरुद्धको भेरोसिल खोप लगाईने भएको छ ।

जिल्लाका सवै स्थानीय तह अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्था मार्फत भेरोसिलको पहिलो मात्रा खोप दिन लागिएको हो ।

 

स्थानीय तहले सूचना प्रकाशित गरेर खोप कार्यक्रमको समय तालिका सार्वजनिक गरेका छन् । जेठ २५, २६ र २७ गते खोप लगाउनका लागि समय तालिका प्रकाशित गरेका छन् ।

 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई भेरोसिल खोप लगाउने लक्ष्य राखेपनि लक्षित समुहका लागि आवश्यक पर्ने भन्दा कम मात्रामा खोप प्राप्त भएको र उमेर समुह समेत संसोधन गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

खोप कार्यक्रम सार्वजनिक गर्दै मल्लरानी गाउँपालिकाले उक्त समयमा लक्षण देखिएका व्यक्तिहरुको समेत कोरोना जाँच गर्ने योजना अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *