> राजनीति > ‘घरघरमा, जनजनमा र मनमनमा’ पार्टी पुर्‍याउने एमाले प्यूठानको उद्घोष (वक्तव्यको पूर्णपाठ सहित)


‘घरघरमा, जनजनमा र मनमनमा’ पार्टी पुर्‍याउने एमाले प्यूठानको उद्घोष (वक्तव्यको पूर्णपाठ सहित)

प्यूठान, २८ पुस । नेकपा (एमाले) प्यूठानले एक वक्तव्य जारी गर्दै नवौं जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद ज्ञापन गरेको छ ।

अधितम सहमतिका आधारमा नेतृत्व चयन भएपनि निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको वक्तव्यमा भनिएको छ । मतदान मार्फत नेतृत्व गर्ने विषयलाई लिएर निर्वाचित नेतृत्व र पार्टी पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापासँग जोडिएर सामाजिक सञ्जालमा भएको टिप्पणीमा कुनै मेल नभएको एमालेले स्पष्ट पारेको छ ।

नवनिर्वाचित अध्यक्ष विजयविराज विष्टले बक्तव्य जारी गर्दै पार्टीलाई ‘घरघरमा, जनजनमा र मनमनमा’ पुर्‍याउने एमालेले उद्घोष समेत गर्नुभएको छ ।

 

वक्तव्यको पूणर्पाठ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जिल्ला कमिटी, प्यूठान
बक्तव्य
नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानको नवौं जिल्ला अधिवेशन मिति २०७८ पुस २३ गते उपमहासचिव कमरेड प्रदिप ज्ञवालीले विजुवार प्यूठानमा समुद्घाटन गर्नुभयो । वन्द सत्र, अधिकतम् सर्वसम्मत हुँदै निर्वाचन प्रक्रिया मार्फत निर्वाचित ८९ सदस्यीय जिल्ला कमिटीको मिति २०७८ पुस २६ गते सपथग्रहण तथा पदभार हस्तारन्तरण सहित अधिवेशन सफलतका साथ सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रमा उपस्थित भई हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि उपमहासचिव कमरेड सहित विशेष अतिथि स्थायी कमिटी सदस्य कमरेड मणिचन्द्र थापा, पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज कमरेड सूर्य थापा, केन्द्रीय कमिटी सदस्य तथा प्यूठान जिल्ला सहइन्चार्ज कमरेड हरिप्रसाद रिजाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड हिराबहादुर केसी, केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटीका सदस्य कमरेडहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
अधिवेशन भव्य, सभ्य एवं १० औं राष्ट्रिय महाधिवेशनको मुल सन्देश सहितको एकता, सुदृढ र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहने पार्टी अध्यक्ष कमरेड तुल्सीराम शर्मा, मुल व्यवस्थापन समितिका संयोजक कमरेड हुकुमबहादुर खड्का, गठित विभिन्न उपसमितिका कमरेडहरु, अध्यक्ष मण्डलका अध्यक्ष हरिप्रसाद रिजाल सहित सदस्य कमरेडहरु, निर्वाचन कमिटीका संयोजक कमरेड नेत्रबहादुर रोकाय सहित सदस्य कमरेडहरु, ४८११ जना संगठित सदस्यहरुबाट अधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुहुने ५३७ प्रतिनिधि कमरेडहरु, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्य कमरेडहरु साथै सम्पूर्ण समर्थक, सुभेच्छुक, सहयोगदाताहरु, स्वयमसेवक लगायत सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौं ।
नेतृत्व छनौट प्रक्रियामा अधिकतम सहमतिका आधारमा टुङ्गो लगाईएको छ । आठौं अधिवेशनदेखि नवौं अधिवेशनसम्म आईपुग्दा पार्टी जीवनमा ऐतिहासिक घटनाक्रम विकास भएको सवै माझ सर्वविदितै छ । लामो समयको अन्तरमा भएको अधिवेशनमा नेतृत्वको आकांक्षीहरु धेरै हुनु स्वभाविक थियो । त्यसलाई व्यवस्थापन गरी केही पदीय जिम्मेवारीका लागि निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो । यो पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने एउटा कडिको रुपमा लिएका छौं । स्वच्छ, निष्पक्ष र हार्दिकताका साथ सम्पन्न भएको निर्वाचनबाट जिल्ला कमिटीले पूर्णता पाएको छ ।
नेतृत्व चयनका लागि भएको निर्वाचनको सन्दर्भमा कतिपय सामाजिक सञ्जाल एवं अनलाईनहरुमा तथ्यलाई आफूअनुकुल व्याख्या गर्दै निर्वाचित नेतृत्व र पोलिटव्यूरो सदस्य तथा प्यूठान ईन्चार्ज कमरेड सूर्य थापालाई लक्षित गरी गरिएको टिप्पणीमा कुनै मेल छैन । अधिवेशन सम्पन्न गर्नका लागि पार्टी केन्द्रीय समितिको तर्फबाट जिल्ला ईन्चार्ज र सहइन्चार्ज लगायत नेताहरुको सकारात्मक भूमिका रहेको स्पष्ट पार्न चाहन्छु । पार्टीको नीति, विचार, नेतृत्व र १० औं महाधिवेशनले पारिद गरेको कार्यदिशा नै यो अधिवेशनको मुल स्प्रिट हो ।
प्यूठानमा पहिलो र जनताको लोकप्रिय पार्टीको रुपमा स्थापित नेकपा (एमाले)लाई नवनिर्वाचित जिल्ला कमिटीले थप सुदृढ र व्यवस्थित गर्दै घरघरमा, जनजनमा र मनमनमा नेकपा (एमाले)लाई बसाउनु पर्ने मुख्य कार्यभार प्रति हामी गम्भिर छौं । पार्टीलाई एकताबद्ध गराउँदै अग्रजहरुको सम्मान र सुझाव ग्रहण गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रण गर्दछौं ।
अन्ततः पार्टीप्रति महत्वपूर्ण योगदान पु¥याउनुहुने अग्रजहरु प्रति सम्मान प्रकट गर्दछौं । स्वर्गिय संस्थापक नेताहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त ग
र्दै फेरी पनि नवौं जिल्ला अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण सहयोग पु¥याउनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
अभिवादन ।

‘‘‘‘‘‘‘‘
विजयविराज विष्ट
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जिल्ला कमिटी, प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *