प्यूठान -नेपालमा आज थप ९० जना कोरोना संक्रमित भेटिएका छन् ।
मंगलवार थप ९० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । यससँगै ४६ जिल्लामा संक्रमण देखिएको छ ।
यससंँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । जसमध्ये १५५ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ४ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।
