प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठान निकट विभिन्न पेशागत तथा जनवर्गीय संगठनले आफ्नो सक्रियता बढाएका छन् । एमाले निकट पेशागत तथा जनवर्गीय संगठनले संगठनलाई चुस्त दुरुस्त र क्रियाशिल बनाउन अधिवेशन गरेर नयाँ कार्ययोजना समेत बनाएका छन् ।
हालै नेपाल बुद्धिजीवी परिषद् प्यूठान, राष्ट्रिय शिक्षक संगठन, नेपाल उत्पीडित जातीय मुक्ति समाजको अधिवेशन सकिएको छ । जसबाट नेपाल बुद्धिजिवी परिषद् प्यूठानको अध्यक्षमा सत्य बहादुर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा शंकर थापा र नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्ष नीम बहादुर सुनार निर्वाचित हुनुभएको छ ।
एमाले प्यूठानले जिल्लाव्यापी रुपमा पार्टीका प्रशिक्षण, पार्टी प्रवेश लगायतका कार्यक्रम गरिरहेका बेला जनवर्गीय र पेशागत संगठनलाई समेत क्रियाशिल बनाएको हो । आगामी निर्वाचनका लागि जनवर्गीय एवं पेशागत संगठनका भूमिका प्रभावकारी बनाउन एमाले प्यूठानले संगठनलाई क्रियाशिल बनाउन थालेको हो ।
