प्यूठान । चार दिनदेखी बन्द भएको भालुवाङ-प्यूठान सडक खण्डको पहिरो हटाएपछि बाटो खुलेको छ । आज दिउँसो सडकको पहिरो हटाएपछि बाटो खुलेको हो ।
सडक सुचारु भएपछि सडकमा रोकिएका यात्रु तथा यातायातका साधन गन्तव्यतर्फ लागेका छन् । बड्डाँडा-जस्पुर खण्डको विभिन्न ठाउँमा ठूलो पहिरो खसेको थियो । पानी परेकाले पहिरोको जोखिम कायमै रहेको छ ।
