> समाज > युवा दिवसको अवसरमा प्युठानमा मास्क वितरण


युवा दिवसको अवसरमा प्युठानमा मास्क वितरण

प्युठान, २८ साउन । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्लामा मास्क वितरण गरिएको छ ।


सदरमुकाम खलङ्गामा जिल्ला युवा समितिको कार्यालयले मास्क वितरण गरेको हो ।


कोभिड१९ का कारणले अरु कार्यक्रम गर्न सम्भव नभएको भन्दै कोभिड१९ को जोखिम कायमै रहेकाले मास्क वितरण गरिएको समितिका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँले सदरमुकाममा सरकारी सेवा लिन आएका सेवाग्राही, स्थानीय लगायतलाई लक्षित गरि मास्क वितरण गरेको बताउनुभयो ।                                        मल्लरानी गाउँपालिका स्तरीय नेपाल स्काउटसंग सहकार्य गरिएको केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *