आर्थिकस्थानीय सरकार

व्यवसायिक र अर्गानिक तरकारी खेतीमा स्वर्गद्धारीका महिला

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २१ माघ ।
स्वर्गद्वारी नगरपालिका क्षेत्रका महिलाहरु व्यवसायिक कृषि तर्फ उन्मुख भएका छन् । निर्वाहमुखी कृषिबाट जीविकोपार्जन गर्दै आएका महिलाहरु आयआर्जन तर्फ आकर्षित भएका हुन् । महिलाहरुलाई वित्तिय पहुँच स्थापित गर्ने उद्देश्यले समुह निर्माण गरि खेती प्रणालीलाई व्यवसायिक बनाउन लागिएको हो । ४२ वटा समुह निर्माण गरिएको छ । १ हजार ३ सय ५४ जनालाई व्यवसायिक खेतीमा संलग्न गराउन लागिएको परियोजनाका कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिनुभयो ।

अहिले समुहमा नर्सरी स्थापना गरिएको छ । हाईव्रीड जातका टमाटर, काँक्रा, करेला, खुर्सानी, भान्टाको नर्सरी स्थापना गरिएको छ । नगरपालिकाले निर्धारण गरेको तरकारी पकेट क्षेत्रका ४२ स्थानमा नर्सरी स्थापना गरिएको छ । पहिले पहिले वीऊ वितरणका कार्यक्रम संचालन गरिएपनि प्रभावकारी नभएपछि नगरपालिकाले नयाँ योजना ल्याएको हो । यसपटक एक÷एक गेडा खसालेर नर्सरी स्थापना गरिएको छ । बालुवा, मल, र माटो मिसाएर नर्सरी राखिएको छ । कुनै तरकारी बालीको नर्सरी पोली व्यागमा समेत राखिएको छ ।
किसानहरुलाई नर्सरी राख्नेदेखि बजार जाँदासम्म नियमित प्राविधिक सहयोग उपलब्ध गराईने भएको छ । स्थानीय स्तरमा उपलब्ध बनस्पतीहरुबाटै विसादी निर्माण गरेर प्रयोग गरिने भएकाले अर्गानीक उत्पादन हुनेछ ।
नियमित तालिम संचालन र प्राविधिक सहयोगले निर्वाहमुखी कृषिमा संलग्न किसानहरु व्यवसायिक हुने स्वर्गद्वारी नगरपालिका वडा नं. ४ की कृषक हुमा रोकायले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले खानेपानी र सिंचाई सुविधा पु¥याएकोले आफुहरु थप उत्साहित भएको उहाँले बताउनुभयो । समुह मार्फत मासिक बैठक बस्ने र बचत पनि गर्ने गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close