प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेललाई नौबहिनी गाउँपालिकाको कुनैपनि कार्यक्रममा उपस्थित हुन नदिने नेपाली कांग्रेस नौबहिनी गाउपालिकाले निर्णय गरेको छ ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा भएको घटनमा डा. पोख्रेलले घटनमा मुकदर्शक भएको र कार्यकर्तालाई आतंककारीको संज्ञा दिएको भन्दै गाउँपालिका कमिटीले डा. पोख्रेललाई बहिस्कार गर्ने निर्णय गरेको हो ।

