> राष्ट्रिय > सामुदायिक विद्यालयका कर्मचारी धर्नामा


सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

प्यूठान । सामुदायिक विद्यालयका कर्मचारी धर्नामा बसेका छन । नेपाल विद्यालय कर्मचारी परिषदले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई खलंगामा कर्मचारी धर्नामा बसेका हुन ।

 

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको तर बजेटमा नसमेटिएको भन्दै आन्दोलनको घोषणा गरिएको जिल्ला अध्यक्ष प्रेम जिसीले बताउनुभयो ।

 

आन्दोलन अन्तर्गत २२ गतेदेखि स्थानीय तहमा, जेठ २७ देखी असार १ गतेसम्म काठमाण्डौमा रिले अनसन बस्ने र माग सम्बोधन नभए असार २ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *