> Uncategorized > अपरेसन खुङ : अबैध शारीरिक सम्बन्धका कारण बृद्धको हत्या


अपरेसन खुङ : अबैध शारीरिक सम्बन्धका कारण बृद्धको हत्या

प्यूठान । अवैध शाारीरिक सम्वन्धका कारणले प्यूठानका एक बृद्धको ज्यान गएको छ । गौमुखी गाउँपालिका–५ गोलढुङ्गाका ६९ वर्षिय चिन्तामणी उपाध्यायको ज्यान गएको हो ।

 

मृतकको बुहारी नाता पर्ने ५० वर्षिय जेदु कुमारी न्यौपाने र गौमुखी गाउँपालिका–५ खालका ५१ वर्षिय लोकबहादुर गिरीको अवैध सम्वन्धका कारण उनीहरुले उपाध्यायको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘करिव १ वर्ष अगाडी निज दुवै जना प्रतिवादीहरु जेदु कुमारी न्यौपानेको घर कोठामा अबैध शारिरिक सम्बन्ध राखी सुति बसी रहेको अवस्थामा मृतक उपाध्यायले उक्त कोठाको चुक्कल बाहिरबाट लगाई दिएका रहेका छन् ।’ ,जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक केशव केसीले भन्नुभयो, ‘अबैध शारिरिक सम्बन्धको बारेमा गाउँ छिमेकहरुले समेत थाहा पाएको हुँदा निज मृतकलाई कुनै १ दिन तलाई नमारी छाडदिन भनि रिसईवी लिएको अनुसन्धानले देखाउँछ ।’ मृतक उपाध्याय र जेदुकुमारी वीच नियमित फोन सम्पर्क भैरहने अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

बिहिवार बेलुका जेदुकमारीले फोन गरेर उपाध्यायलाई घरदेखि करिव साढे १ किलोमिटर टाढा उपल्लो फुर्सेधारा स्थित खुङ–नारिकोट जोड्ने भित्रि कच्ची सडकमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । दुवै जना मिलेर ढुङ्गा र भरुवा बन्दुकको बट प्रहर गरी हत्या गरेका थिए । मृतकको अनुहार र टाउकोमा चोट लागेको थियो । अवैध शारिरिक सम्वन्धमा रहेका जेदुकुमारी र लोक बहादुर वीच दिदि सासु र ज्वाईको सम्वन्ध रहेको छ ।

 

 

शुक्रवार विहान घटनाको खवर पाएको प्रहरीले २४ घण्टा भित्रै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । ‘घटनाको प्रकृति हेर्दा रहस्यमय ठानेर हामीले अपरेसन खुङ नाम दिएर अनुसन्धान थाल्यौं ।’ ,प्रहरी निरिक्षक केसीले भन्नुभयो, ‘कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालको नेतृत्वमा प्राविधिक टोलि सहितको ५० जना जनशक्ति अनुसन्धानमा खटियौं ।’ घटनाका प्रतिवादी जेदुकुमारीलाई उनकै घरबाट र लोकबहादुरलाई जंगलको ओडारबाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

 

घटनामा प्रयोग भएको भरुवा बन्दुक १ थान र सोसँग सम्बन्धित खरखजनाहरु, मृतकले प्रयोग गर्ने भनिएको मोवाईल १ थान र मृतकसँग रहेको भनिएको नगद सात हजार रुपैंया प्रहरीले बरामद गरेको छ ।