> आर्थिक/बिकास > प्यूठान उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत बन्न सकेन, अध्यक्ष सहित ५ पदमा निर्वाचन हुने


प्यूठान उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत बन्न सकेन, अध्यक्ष सहित ५ पदमा निर्वाचन हुने

प्यूठान । प्यूठान जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको प्यूठान उद्योग वाणिज्य संघको जिल्ला नेतृत्वको प्रक्रिया अघि बढेको छ ।

 

निर्वाचन कार्यक्रम अनुसार आज अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धित्तिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

जसमध्ये प्रथम उपाध्यक्ष र द्धित्तिय उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रेशम केसी र द्धित्तिय उपाध्यक्षमा दधिराम भण्डारीको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

 

अध्यक्ष पदका लागि पशुपति नारायण नकर्मी र यज्ञ बहादुर केसी(प्रभात), वरिष्ठ उपाध्यक्षमा प्रमोद पोख्रेल र कृष्णभक्त गिरी, महासचिवमा सन्देश आचार्य र पूर्णचन्द्र सुवेदी, उपमहासचिवमा सुर्यचन्द्र खनाल, गोविन्दराज पोख्रेल, कोषाध्यक्षमा ऋषिराम अधिकारी र झवेन्द्र शर्माले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत विदुर मल्लले जानकारी दिनुभयो ।

 

उम्मेदवारको अन्तिम नामावली अहिले साढे ४ बजे प्रकाशन हुँदैछ । प्राप्त जानकारी अनुसार उम्मेदवारी दिएका कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । जसले गर्दा ५ वटा पदका लागि चुनाव हुने भएको छ ।

 

यहि पुस १० गते निर्वाचन हुने र निर्वाचनको कार्यतालिका प्रकाशित गरिने निर्वाचन मण्डलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *