> राजनीति > महाधिवेशनपछि पार्टी थप व्यवस्थित बनाउँदैछौं : पोलिटव्युरो सदस्य थापा


महाधिवेशनपछि पार्टी थप व्यवस्थित बनाउँदैछौं : पोलिटव्युरो सदस्य थापा

प्यूठान । नेकपा एमालेको दशौं महाधिवेशनपछि पार्टी थप सुदृढ बन्दै अगाडी बढेको पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभएको छ ।

 

पार्टी एकताका कारण नेकपा एमालेको नियमित अधिवेशन रोकिएको र विभिन्न अस्थिरता उत्पन्न भएको बताउँदै दशौं महाधिवेशनबाट पार्टी अपडेड भएको, गतिशिल बनेको र थप सुदृढ हुँदै अगाडी बढेको थापाले बताउनुभयो ।

प्रेस चौतारी नेपाल प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले अव प्रदेश अधिवेशन र जिल्ला अधिवेशनको मिति तय भएको बताउँदै यसअघि वडा, पालिका अधिवेशन समेत सम्पन्न गरेर पार्टीलाई क्रियाशिल बनाउदै लगेको उल्लेख गर्नुभयो । अव जिल्ला अधिवेशनसँगै राजनीतिक गतिविधि सँगै विकास निर्माणका मुद्धालाई अघि बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।

नवौ महाधिवेशनले तयार गरेको समृद्ध नेपालः सुखी नेपालीको अभियान अन्र्तगत जिल्लावासीको आकांक्षालाई पुरा गर्न अगाडी बढ्ने उहाँको भनाई छ । त्यसका लागि पार्टीले अनुशासन भित्र रहेर थप व्यवस्थित हुँदै योजनबद्ध रुपमा कार्यक्रम अघि बढाउने बताउनुभयो । “आजका दिनभन्दा थप व्यवस्थित बनाउन जोड दिनेछौं,” उहाँले भन्नुभयो, “प्रशिक्षण कार्यक्रममा जोड दिनेछौं ।”

कार्यक्रममा केन्द्रीय सदस्य हरि रिजालले दशौं महाधिवेशनबाट अन्र्तराष्ट्रिय स्तरमा समेत नेकपा एमालेको छवि बढेको बताउनुभयो । केपी ओलीले अघि बढाएको सुखी नेपालीः समृद्ध नेपालको अभियानलाई जनस्तरबाट समेत साथ रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *